जुडशीतल पर्व मनाइयो

डिसी नेपाल
२ वैशाख २०८२ १८:३२

काठमाडौं। तराई मधेशका क्षेत्रमा जुडशीतल पर्व मनाइएको छ। विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ।

जुडशीतलमा घरपरिवारका ज्येष्ठ व्यक्तिले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्। यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ।

वर्षभरी शितलता र आरोग्यको कामना गर्दै अघिल्लो दिन पकाएको खासगरी ठण्डा परिकारहरु भगवानलाई चढाउने र आफू पनि खाने परम्परा जुड शितल पर्वमा रहेको छ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव र सहकार्य मुख्य सन्देश रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *