प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

डिसी नेपाल
३ वैशाख २०८२ ११:३८

काठमाडौं। प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बिच व्यावसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

२ गते एक समारोहका बिच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. बिच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *