रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा फोर्स ल्याण्डिङ, विमानस्थल अवरुद्ध

काठमाडौं । रामेछापबाट लुक्लाला लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङ गरिएको छ ।
विमानमा हाइड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । फोर्स ल्याण्डिङका कारण केही समयको लागि काठमाडौं विमानस्थल अवरुद्ध भएको छ ।
समस्याका कारण फोर्स ल्याण्डिङ गरिएको जहाज रनवेमै रोकिएपछि अरि विमान उड्न र अवतरण गर्न रनवे खाली नहुँदा अवरोध भएको थियो । पछि विमानलाई सुरक्षित रूपमा रनवेबाट हटाएर विमानस्थल सुचारी गरियो । अहिले समस्याग्रस्त जहाजको जाँच भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment