भन्सार युद्धबारे अमेरिकाको टिप्पणी ‘बल चीनको कोर्टमा छ’

डिसी नेपाल
३ वैशाख २०८२ १२:५८

काठमाडौं । ” बल चीनको कोर्टमा छ। चीनले हामीसँग डील गर्नुपर्छ, हामीले उनीहरूसँग डील गर्नुपर्दैन। ”

यो कथन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हो, जुन ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकार सम्मेलनमा पत्रकारहरूलाई पढेर सुनाइन्।

विज्ञप्तिमा भनिएको छ, “चीनले चाहेको कुरा हामीसँग छ: अमेरिकी उपभोक्ताहरू।”

प्रेस सचिव लेविटले भनिन्, “राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पारेका छन् कि उनी चीनसँग व्यवहार गर्न इच्छुक छन्, तर चीनले अमेरिकासँग डील गर्नुपर्छ।”

चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अधिकारीहरूले आफ्ना व्यापारिक सहयोगीहरूलाई अमेरिकी भन्सार शुल्क विरुद्ध एकताबद्ध हुन र “अन्तसम्म लड्ने” वाचा गर्न आग्रह गरेका छन्।

तर चीनले अमेरिकासँग वार्ताको लागि “ढोका खुला” रहेको पनि बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *