शिक्षक आन्दोलनमा विद्यार्थी दृष्टिकोण र चिन्ता

धिरेन्द्र चन्द सोडारी
३ वैशाख २०८२ १३:०१

श्रद्वेय नेपाल सरकार,
सम्माननीय गुरुज्यूहरू,
शिक्षासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैपक्ष,
सादर अभिवादन!

हामी सम्पूर्ण विद्यार्थी, देशका विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालयमा अध्ययनरत, शिक्षाको मूल उद्देश्य बोक्दै अघि बढिरहेका छौं। हाम्रो शिक्षामा १४ प्रमुख विद्याको अवधारणा र ६४ कलाको अवधारणा पनि छ। निरक्षर व्यक्ति पशुसमान हुने भएकोले मानिस साक्षर, शिक्षित हुँदै विद्वान बन्नुपर्छ भन्नेतर्फ शास्त्रले प्रेरणा दिएको छ। शिक्षा भनेको व्यक्तिको बौद्धिक, सामाजिक, भावनात्मक, नैतिक र व्यावहारिक क्षमतालाई विकसित गर्ने एक सुसंगत प्रक्रिया हो। यो केवल पुस्तकीय ज्ञान सम्म सीमित नभएर जीवनका विभिन्न पक्षमा सिकाइ, अनुभव र चेतनाको विस्तार गर्ने माध्यम हो। शिक्षा भनेको सिकाइ र ज्ञानार्जनको प्रक्रिया हो। यसले मानिसलाई साक्षर, सचेत र समाजको उत्पादक सदस्य बनाउँछ। यसले व्यक्तिलाई तर्क, विश्लेषण, रचनात्मकता र समस्याको समाधान गर्न सक्षम बनाउँछ। शिक्षा भनेको केवल डिग्री हासिल गर्ने प्रक्रिया नभएर, जीवनभर चल्ने सिकाइ हो। यसले डिजिटल साक्षरता, व्यावसायिक कौशल र नवीनतम प्रविधिको ज्ञान समावेश गर्छ। ‘विद्या दान महा दान’ भन्ने उखानले शिक्षालाई सबैभन्दा ठूलो दान मानिन्छ। नेपालको संविधानले शिक्षालाई मौलिक अधिकार घोषणा गरेको छ। शिक्षा हाम्रो अधिकार हो। यो हामीले संविधानमा पढेका छौं। तर, आजको परिस्थितिले हामीलाई गहिरो प्रश्नहरूको सामना गरिरहेको छ।

आज हामी एक यस्तो चिठी लेख्दैछौं, जुन केवल शब्दको लहर होइन। यो हाम्रो मनको पीडा, आशा, चिन्ता र समाधान खोज्ने प्रयत्न हो। यो चिठी कुनै पार्टीको होइन, कुनै संगठनको होइन, यो चिठी विद्यार्थीहरूको हो। जो शिक्षालाई केवल पेशा होइन, जीवनको प्रकाशशक्ति ठान्दछ।

१. किन यो चिठी लेख्नुपर्‍यो?

विज्ञान प्रविधि र मौलिक युगमा छौं। हामी स्कूल जान चाहन्छौं, शिक्षकहरूबाट प्रत्यक्ष ज्ञान प्राप्त गर्न चाहन्छौं। हामी कक्षाकोठामा साथीहरूसँग सँगै बसेर भविष्यको सपना बुनिरहन चाहन्छौं। तर, अहिले त्यो सम्भव छैन। किनभने हाम्रो कक्षाकोठा बन्द छ, हाम्रा गुरुज्यूहरू सडकमा छन् र सरकार कानमा तेल हालेर बसेको छ। कालो चस्मा लगाएर सरकार आफ्नो कुर्सीमा मौन देखिन्छ।

शिक्षक आन्दोलनले हाम्रो शिक्षा, हाम्रो भविष्य र हाम्रो आत्मविश्वासलाई गम्भीर असर पारेको छ। शिक्षकहरूको आन्दोलनलाई हामी समर्थन गर्छौं, तर यसको असर हामी विद्यार्थीहरूलाई नपरोस् भन्ने हामी चाहन्छौं। यही कुरा ब्याख्या गर्न हामी यो चिठीमार्फत आवाज उठाइरहेका छौं।

२. शिक्षकहरूको पीडा र संघर्ष

शिक्षक वर्गले धेरै वर्षदेखि सेवा सुरक्षा, स्थानान्तरण प्रक्रिया, स्थानीय सरकारद्वारा गरिने दमन, तलब सुविधा, र स्थायीत्वका लागि आवाज उठाउँदै आइरहेका छन्। शिक्षा ऐनमा गरिएको संशोधन र त्यसबाट उत्पन्न अन्योलले शिक्षकहरू सडकमा उत्रन बाध्य भएका छन्।

संसदमा पारित शिक्षक समायोजनसम्बन्धी ऐनले धेरै शिक्षकहरूलाई अन्याय भएको महसुस दिलायो। शिक्षकलाई स्थानीय तहको मातहत राख्नु, राजनीतिक हस्तक्षेप बढाउनु, र सेवाको स्थायीत्व नदिँदा उनीहरूमा असन्तुष्टि बढेको हो। शिक्षकहरू केवल तलबको लागि होइन, गरिमा, सेवा सुरक्षाको लागि आन्दोलनरत छन्।

३. आन्दोलनको घेराभित्रको मौन आवाज

हामी विद्यार्थीहरू बीचमा परेका छौं—दुई विशाल शक्तिको झगडामा। एकातिर सरकार छ, जसको जिम्मेवारी हो शिक्षाको गुणस्तर कायम राख्नु। अर्कोतिर शिक्षक छन्, जसको कर्तव्य हो शिक्षण। तर जब यी दुईबीच विवाद हुन्छ, हामी गुम्नेछौं—हाम्रो पढाइ, हाम्रो परीक्षा, हाम्रो भविष्य।

शिक्षा कुनै मन्त्रालयको फाइलमा सीमित हुने विषय होइन। यो राष्ट्र निर्माणको आधार हो। शिक्षामा गरिने हरेक निर्णयले लाखौं विद्यार्थीको भविष्य निर्धारण गर्छ। त्यसैले शिक्षकहरूप्रति दमनकारी नीति होइन, संवाद र समझदारीको बाटो रोजिनुपर्छ।

कसैले पनि हाम्रो पक्षबाट कुरा गरेन। हामीलाई न त सरकारको तर्फबाट स्पष्ट सन्देश आयो, न त शिक्षकहरूको तर्फबाट वैकल्पिक शिक्षा सुनिश्चित गर्ने योजना। हामी मौन छौं, तर यो मौनता शान्ति होइन—यो डर, चिन्ता र अन्योलले भरिएको मौनता हो।

४. शिक्षकहरू मात्र होइन, अभिभावक पनि

गुरु (शिक्षक) भनेको ज्ञान, अनुभव, र नैतिक मूल्य को प्रकाश फैलाउने व्यक्ति हो जसले विद्यार्थीहरूलाई केवल पुस्तकीय ज्ञान मात्र नभएर जीवन जीउने कला सिकाउँछ। गुरु नै समाजको नींव हुन् जसले भविष्यका नागरिकहरूलाई सही मार्गमा लगाउँछन्। शिक्षक भनेको विद्यार्थीहरूलाई ज्ञान, कौशल, र चरित्र निर्माण गर्न मार्गदर्शन गर्ने व्यक्ति हो। गुरु भगवानको दूत हुन् जसले अज्ञानताको अँध्यारो हटाउँछन्। “आचार्य देवो भवः“ (गुरु देवतासमान हुन) भन्ने वैदिक उक्ति अनुसार, गुरु नै समाजको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हुन्। आधुनिक युगमा पनि शिक्षकको भूमिका मानवता, प्रगति र सभ्यताको संरक्षक को रूपमा अहं छ। हामी शिक्षकहरूलाई केवल पढाउने पात्र होइन, हाम्रो जीवनका सन्देशवाहकको रूपमा हेर्छौं। तपाईंहरूले हाम्रो जीवनमा जुन योगदान दिनु भएको छ, त्यसको मूल्यांकन शब्दमा हुन सक्दैन। तपाईंहरू सडकमा हुनुहुन्छ भने त्यो गम्भीर विषय हो।

शिक्षकलाई उचित सम्मान, सेवा सुरक्षा र काम गर्ने स्वच्छ वातावरण मिल्नु पर्छ भन्ने हाम्रो पनि माग हो। शिक्षक असुरक्षित महसुस गर्छ भने शिक्षा अस्थिर हुन्छ। यो कुरा सरकारले बुझ्न जरुरी छ।

५. शिक्षा मन्त्रालय होइन, शिक्षाको गहिरो चेतना आवश्यक

आदरणीय नेपाल सरकार,

शिक्षा कुनै मन्त्रालयको फाइलमा सीमित हुने विषय होइन। यो राष्ट्र निर्माणको आधार हो। शिक्षामा गरिने हरेक निर्णयले लाखौं विद्यार्थीको भविष्य निर्धारण गर्छ। त्यसैले शिक्षकहरूप्रति दमनकारी नीति होइन, संवाद र समझदारीको बाटो रोजिनुपर्छ।

यदि शिक्षका माग वैधानिक छन् भने त्यसलाई सम्मानपूर्वक सम्बोधन गर्नुहोस्। यदि माग अव्यवहारिक छन् भने स्पष्ट संवाद गर्नुहोस्। तर, समस्या झनै पेचिलो बनाउने काम नगर्नुहोस्।

६. गुणस्तरको नाममा प्रयोगशाला भएका हामी

आज शिक्षाको नाममा अनलाइन कक्षा, मोबाइलबाट पढ्ने प्रणाली, अस्थायी शिक्षकका माध्यमबाट पठनपाठन, र पाठ्यक्रम पुरा नहुँदै परीक्षा जस्ता अस्थायी समाधानहरू हाम्रो जीवनको वास्तविकता बनेको छ। हामी प्रयोगशालाका चूहाहरू झैं भइसकेका छौं, जसमा कहिले नीति परीक्षण हुन्छ, कहिले आन्दोलन परीक्षण।

हामी सिकिरहेका छैनौं, केवल परीक्षा पास गरिरहेका छौं। यो अवस्था बदल्न आवश्यक छ। विद्यालय शिक्षा दिने ठाउँ हो, प्रयोग गर्ने ठाउँ होइन।

७. शिक्षामा होइन, मनोविज्ञानमा असर

शिक्षक आन्दोलनको सीधा प्रभाव केवल शैक्षिक प्रक्रियामा मात्र नभई, विद्यार्थीहरूको मनोविज्ञानमा गहिरो चोट पुर्‍याएको छ। कक्षा बन्द हुनु, नियमित पठनपाठन अवरुद्ध हुनु, परीक्षा अनिश्चित हुनु जस्ता प्रत्यक्ष असरहरू त छन् नै, तर त्यसभन्दा भयावह असर विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मविश्वास, भावनात्मक स्थायीत्व, र समाजप्रतिको दृष्टिकोणमा परेको छ।

शिक्षकको आन्दोलनले हाम्रो शैक्षिक मात्र होइन, मानसिक र सामाजिक जीवनमा पनि असर पारेको छ। मानसिक असरः हामी डराएका छौं, असमञ्जसमा छौं, भविष्यप्रति आशंका छ। शैक्षिक असरः कक्षा छुटेको छ, पाठ्यक्रम अधुरो छ, परीक्षा अनिश्चित छन्। सामाजिक असरः विद्यार्थीहरूमा निराशा, आक्रोश, र सरकार तथा शिक्षकप्रति विश्वासको संकट उत्पन्न भएको छ।

८. विरोध होइन, वार्ता हो बाटो

हामी विद्यार्थीको माग स्पष्ट छ। शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गरियोस्। शिक्षकहरूको स्थानान्तरण, समायोजन तथा सेवा सुरक्षाको स्पष्ट मापदण्ड तयार गरियोस्। शिक्षा मन्त्रालय र शिक्षक संघबीच वार्ता टुंगोमा पुगोस्। विद्यार्थीको पढाइ वैकल्पिक माध्यमबाट सुनिश्चित गरियोस्, कक्षा नबन्द गरियोस्। शिक्षा नीति दीर्घकालीन दृष्टिकोणमा तयार गरियोस्।

९. विद्यार्थीहरूको प्रत्यक्ष अनुभव – जीवनको कथा

तपाईहरुले पढाउनु भएका विद्यार्थी प्रधानमन्त्री छन, मन्त्री छन, सांसद छन्, सबै क्षेत्रमा तपाईहरुका नै विद्यार्थीहरु छन। तपाईहरुले उहाँहरुलाई शिक्षा कस्तो शिक्षा दिनु भएको हो। शिक्षकलाई मार्ने, सडकमा आन्दोलन गर्नु बाध्य पार्ने, शिक्षकलाई पिट्ने, कालो मुसो दल्ने, शिक्षिकालाई बल्लात्कार गर्ने, हेप्ने, जलाउने, पिडा दिने मानसिक यातना दिने आदी। गुरुहरु कस्तो शिक्षा दिनु भयो उहाँहरुलाई ?

शिक्षा राष्ट्रको मेरुदण्ड हो भने, विद्यार्थी त्यो मेरुदण्डका अस्थिहरू हुन्। शिक्षक त्यहाँ रक्तसञ्चार गराउने मुटु हुन् र सरकार त्यो शरीरलाई सञ्चालन गर्ने मस्तिष्क। यी तीनवटाबीच द्वन्द्व हुनु भनेको सम्पूर्ण शरीर लथालिंग हुनु हो।

हामीमध्ये कोही बोर्ड परीक्षा, कोही नयाँ भर्नाको तयारीमा। तर कक्षाकोठा बन्द हुँदा हाम्रो लक्ष्य अन्योलमा परेको छ। मनोबल घटेको छ, किताब हेर्न मन लाग्गेको छैन। कोही विद्यार्थी नेपालमा पढेर काम छैन भनेर विदेश जानुको लागि तयारी गर्दैछन्। कोही विद्यार्थी अहिलेको नेपाल सरकारको कारणले पनि विदेश जान पनि वाध्य छन। शिक्षक कक्षामा हुनुहुन्न, मोबाइल कक्षा झैं लाग्दैन। अब कति दिन यो अन्योल चल्ने?

१०. अब मौन रहन सकिँदैन

शिक्षा राष्ट्रको मेरुदण्ड हो भने, विद्यार्थी त्यो मेरुदण्डका अस्थिहरू हुन्। शिक्षक त्यहाँ रक्तसञ्चार गराउने मुटु हुन् र सरकार त्यो शरीरलाई सञ्चालन गर्ने मस्तिष्क। यी तीनवटाबीच द्वन्द्व हुनु भनेको सम्पूर्ण शरीर लथालिंग हुनु हो।

त्यसैले शिक्षाबाट नै विश्वको कायापलट हुनु सक्छ। संस्कारहिन, चरित्रहिन कपुतन्त्रे सरकार सामु गुरुहरु नझुक्नुहोस। शिक्षामा प्रतिमान परिवर्तनको लागि मौलिक शिक्षाको लागि एक जुट हुनुहोस्।

गुरु र शिक्षकहरुलाई आग्रह अबको १२ देखि १५ वर्षमा तपाईहरुको योगदानले देश कायपलट हुनु सक्छ। विद्यार्थीहरु संस्कार पठाउनुहोस, नैतिवान , चरित्रवान वा स्वलम्वी बनाउनुहोस। देशको माटो पठाउनुहोस। देशको सम्पदा पठाउन्होस। पुर्खाहरुको ज्ञान लाई प्रविधिमा जोड्नुलागि प्रेरित गर्नुहोस। पुर्खाहरुको योगदानलाई प्रविधिमा जोड्ने बाटो देखाउनुहोस। देशका संस्कृति,रितिरिवाज,परम्परा आदी पठाउनुहोस। देशको इतिहास पठाउनुहोस। हाम्रा मौलिक परम्परा रितिरिवाज विद्यान र प्रविधिमा जोड्ने कुरा सिकाउनुहोस्।

शिक्षा भनेको विद्याको एउटा आयाम हो, जसले मानिसको बौद्धिक, सामाजिक, आर्थिक र आध्यात्मिक विकासको आधारशिला राख्छ। शिक्षाले ज्ञान, सीप, नैतिकता दिनुपर्छ भन्ने मान्यता अहिले पश्चिममा पनि देखिएको छ, तर यसको स्वरूप र प्राथमिकतामा विविधता छ। एउटा समाजमा भएका सबै मानिसलाई एउटै डालामो राखेर हेरियो भने, त्यो भूल हुनेछ, किनभने मानिसको आवश्यकता, रुचि, र क्षमता फरक–फरक हुन्छन्।

पश्चिममा आध्यात्मिकता र मानसिक स्वास्थ्यको बारेमा गहन चर्चा गर्नेहरू छन् भने पूर्ण रूपमा भौतिकवादलाई मान्नेहरू पनि छन्। यस्तै नेपालमा पनि मानसिक विकासमा ध्यान दिनेहरू, दर्शन र चिन्तनमा लाग्नेहरू छन् भने भौतिकवाद र अर्थ आर्जनमा तल्लीन हुनेहरू पनि छन्। केहीले “जसरी हुन्छ कमायो, अनि ब्रान्डेड लुगा, रेटेड होटलमा खाने, नयाँ–नयाँ ग्याजेट प्रयोग गर्ने“ लाई नै जीवनको उद्देश्य मानेका छन्। उनीहरूले भौतिक सुखबाट नै सन्तुष्टि लिइरहेका छन्।

अब प्रश्न उठ्छ—शिक्षा कस्तो बनाउने ? यो एकदमै चुनौतीपूर्ण विषय हो। केही कुराहरू शाश्वत सत्य हुन्, जस्तै नैतिकता, सत्यता, करुणा, अनुशासन, र समाजप्रति दायित्व। यी कुराहरू शिक्षा नीति र पाठ्यक्रममा अवश्य समावेश गर्नुपर्छ। त्यस्तै, केही कुरा समय, स्थान र परिस्थिति अनुसार परिवर्तन हुन्छन्। आजको डिजिटल युगमा प्रविधिको ज्ञान, विश्वव्यापी अन्तरसम्बन्ध, र रोजगारीमूलक सिपहरू नेपाली शिक्षामा पनि अनिवार्य छन्।

यसका साथै, नेपालको सन्दर्भमा शिक्षालाई राष्ट्रिय पहिचान, सांस्कृतिक मूल्य, र भाषिक विविधतासँग जोड्नुपर्छ। विद्यार्थीहरूलाई न केवल विदेशी भाषा र प्रविधि सिकाउनु, तर नेपाली भाषा, इतिहास, र स्थानीय ज्ञानप्रति पनि गौरवान्वित बनाउनु आवश्यक छ। शिक्षा प्रणालीले व्यावहारिक जीवनमा उपयोगी सिप, जस्तै समस्या समाधान, सृजनात्मकता, र सहकार्यको भावना विकास गराउनुपर्छ।

आजको शिक्षा भनेको बन्द प्रणाली वा बन्द कक्षाकोठामा सीमित हुने विषय होइन। यो एक गतिशील प्रक्रिया हो जसले जीवनको हरेक आयामलाई छुनुपर्छ। हाम्रो आफ्नै सभ्यता, इतिहास, र संस्कृतिबाट विकसित भएका मूल्यहरू हाम्रो शिक्षाको प्रतिमान (मूल आधार) हुनुपर्छ, जबकि विश्वबाट आएका उपयोगी ज्ञान र प्रविधिहरू उपमान (सहायक तत्व) को रूपमा लिनुपर्छ। शिक्षा पद्धतिले केवल पुस्तकीय ज्ञानमा मात्र केन्द्रित नभई अनुसन्धान, आविष्कार, नवाचार, र नैतिक चरित्र निर्माणलाई प्राथमिकता दिनुपर्छ। नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक सम्पदा, र स्थानीय ज्ञानलाई शिक्षामा समावेश गरेर यसको संरक्षण, संवर्धन, र प्रवर्धन गर्नुपर्छ। विज्ञान र प्रविधिमा नेपाल पछि परेको छ। यसको लागि शिक्षा प्रणालीले शोध, नवाचार, र प्रयोगात्मक शिक्षालाई बढावा दिनुपर्छ। तर, यसको साथै धर्म (नैतिकता), विवेक (तर्कशक्ति), र सहृदयता (मानवता) को समन्वय पनि हुनुपर्छ। अन्तर्राष्ट्रिय ज्ञानसंगतिको साथै नेपाली यथार्थलाई जोड्ने शिक्षा विकासको मूलमन्त्र हो। पर्यावरणीय सन्तुलनलाई ध्यानमा राखी टिकाऊ विकासको शिक्षा दिनुपर्छ। शिक्षाले केवल “कर्ता“ होइन, “मानव“ बनाउनुपर्छ—जसले समाजमा न्याय, करुणा, र उत्तरदायित्व बढाउँछ।

अब हामी मौन बस्दैनौं। यो चिठी हाम्रो आवाज हो। हामी यो आन्दोलनको असरको अन्त्य चाहन्छौं। हामी अध्ययन गर्न चाहन्छौं, सिक्न चाहन्छौं, सपना देख्न चाहन्छौं।

अन्ततः, हाम्रो एक मात्र आग्रहः

हामीलाई पढ्न दिइयोस्। हाम्रो भविष्यमा राजनीति नगरियोस्। शिक्षक गुरुलाई सम्मान दिइयोस्। शिक्षालाई राष्ट्रको प्राथमिकता बनाइयोस्। शिक्षा जिन्दगी हो। शिक्षामा राजनीति नगरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *