राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो।
काठमाडौंमा जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० तत्काल पारित गर्न सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया
Facebook Comment