खाने तेलको मूल्य घट्यो

डिसी नेपाल
३ वैशाख २०८२ १७:०२

काठमाडौं । नेपाली बजारमा खाने तेलको मूल्य घटेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो।

घटेको मूल्यमा नेपाली बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच हुने भएको छ। अब भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपयाँमा किनेबेच हुने भएको हो।

१५ चैतमा भटमास र सनफ्लावर तेल २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो। भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।

संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *