एकैदिन ३६ सय बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ। जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ।
अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया
Facebook Comment