पश्चिम नेपालमा भारी वर्षा

डिसी नेपाल
४ वैशाख २०८२ १२:१८

काठमाडौं । पश्चिम नेपालमा यतिबेला मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

रुकुमपश्चिम, सल्यान, दाङ, बाँके, सुर्खेत, दैलख, बर्दिया, रोल्पालगायत क्षेत्रमा वर्षा भइरहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने छ।

महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको जनाएको छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा पानी परेको छ।

मौसम विज्ञान विभागले आज डडेलधुरा, दिपायल, पोखरा, काठमाडौंलगायत देशभरीका विभिन्न सहरमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *