बिहीबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

डिसी नेपाल
४ वैशाख २०८२ १२:४४

काठमाडौं। चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारणमा आउने भएको छ। हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो।

कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता रिजालले बताए। विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेशवासीको लवजमा प्रस्तुत हुँनेछन्। कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ।

कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिछन्। त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन्।

रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा संचालन गरेका थिए। पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अबभने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *