सरकार बिचौलियाको स्वार्थअनुसार चलेको प्रचण्डको आरोप

भाैरहवा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन्।
बिहीबार प्रेस सेन्टर रूपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ति हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताका हुन्।
उनले आफूलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमाले भित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे। प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए।
उनले कसैको अधिकार कटौती गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे। प्रचण्डले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको टिप्पणी गर्दै फेरि राजावादीको ज्वरो नआउने जिकिर गरे।
Facebook Comment