सरकारले नागरिक अधिकार संकुचित गर्‍यो, ७ वैशाखमा निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन

डिसी नेपाल
४ वैशाख २०८२ १६:०३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएका छन्। बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले उक्त चेतावनी दिएका हुन्।

बैठकले वैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकामा सबै वडा तहसम्म सवै नेताहरू पुग्दै सङ्गठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताए।

‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसविरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने।

७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने उनले जानकारी दिए।

राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन थप चर्काउने चेतावनी दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *