नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्।
त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्।
प्रतिक्रिया
Facebook Comment