एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

हैदारावाद। साउथ अभिनेता जुनियर एनटीआरको एउटा तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।
यो फोटोमा एनटिआर धेरै पातलो देखिएका छन्, यस्तो पातालो शरिर उनको यसअघि कहिल्यै देखिएको थिएन । उनको पछिल्लो तस्बिर हेरेपछि सामाजिक सञ्जालमा अभिनेताको शर्टको मूल्य र उनको कम तौलको चर्चा भइरहेको छ । मानिसहरू भन्छन् कि एनटीआरले ओजेम्पिक प्रयोग गर्दछन् ।
जुनियर एनटीआरका फ्यानहरूले उनको तस्बिरहरू सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरे पछि चर्चा परिचर्चा सुरू भएको हो । यसमा नीलो शर्ट र कालो प्यान्ट लगाएर दुबईको एक होटलका कामदारसँग पोज दिइरहेका छन् । कलाकारले ८५ हजार भारतीय रुपैयाँको सर्ट लगाएको तस्बिरमा मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्।
त्यतिकैमा उनी एक्कासी किन पातलो देखिन थाले भनेर अरू अरु पनि छक्क परिरहेका छन् । आफ्नो तस्बिर पोस्ट गर्दै एक प्रयोगकर्ताले लेखे– ‘जुनियर एनटीआरलाई के भयो, स्वास्थ्यमा समस्या छ?’
अर्का प्रयोगकर्ताले लेखेका छन्– टाइगरले ओजेम्पिक लिएका छन् । उहाँका पुराना हिरोइन र गीतहरू सम्झन्छु । कृपया, एनटिआर गुरु प्लास्टिक सर्जरी सामानहरू नलिनुहोस्।
तर, अभिनेताका फ्यानले उनलाई साथ दिए । एक जना फ्यानले लेखेका छन् – मूर्ख मानिसको मूर्खता बिना मानिसले तौल घटाउन पनि सक्दैन । एकजनाले उनको तौल घट्नुको पछाडि ‘अन्य कारण’ हुनसक्ने दाबी गरेका छन्।
थप अर्का एकजनाले लेखेका छन्– उनी ऋतिक रोशनको फिल्ममा काम गरिरहेका छन् । एकजनाले प्रशान्तसँग आफ्नो आगामी फिल्ममा पातलो मानिसको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
जुनियर एनटीआर अन्तिम पटक कोरतला शिवको ‘देवराः भाग १’ मा देखिएका थिए। यसमा एनटीआरसँगै सैफ अली खान र जान्हवी कपूर पनि देखिएकी थिइन । अब एनटीआर चाँडै आयन मुखर्जीको फिल्म ‘वार २’ बाट बलिउडमा डेब्यु गर्दैछन् । यसमा उनीसँगै ऋतिक रोशन देखिदैँ छन्।
Facebook Comment