घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सून मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सून प्रतितोला ८ सय रूपैयाँले घटेको हो।
जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।
बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो।
तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार झै आज पनि चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment