३६७ किलो गाँजासहित एक भारतीय र चार नेपाली नागरिक पक्राउ

डिसी नेपाल
५ वैशाख २०८२ १२:४९

बारा । बारा प्रहरीले ठूलो परिमाणमा बाराको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

तीन सय ६७ किलो एक सय ४० ग्राम गाँजासहित एक भारतीय नागरिक र चार नेपाली नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट बिहीबार मध्यरातमा ना५ख २५०४ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाई राखेका तीन सय ५ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

इलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोली हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न रहेका तीन जनासमेतलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलास गाउँपालिका–४ बस्ने ३२ वर्षीय ट्रक चालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जिवन ठोकर र मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन्।

त्यसै बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहिबार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउपालिका–४ स्थित खुटवाको एक घरबाट विक्री वितरण गर्ने उद्देश्यसहित लुकाई छिपाई राखेको दुई किलो एक सय ४० ग्राम लागूऔषध गाँजा सहित ३१ वर्षीय पवन कुमार साहलेलाई नियन्त्रणमा लिएको छ।

यस्तैगरी विशेष सूचनाकै आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले बाराको पचरौता नगरपालिका–१ मुसहरीटोल स्थित एक मकैबारी हुँदै नेपालबाट भारततर्फ लागूऔषध गाँजा निर्यात हुँदै गरेको सूचनाकै आधारमा प्रहरीले टाउकोमा बोकी ओसार पसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीले ओसार पसार गर्ने भारतको बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागूऔषध गाँजा पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *