कथा वाचनका लागि देवि प्रतिभा पोखरामा

काठमाडौं । प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी हुन्।
उनले आज पोखरा महानगरपालिका-१७ मा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले बताए। देवि प्रतिभाको टिममा २५ जना सदस्य छन्।
उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूहसमेत रहेको बताइएको छ। उनले पोखरा महानगरपालिका-१७ मा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन्।
त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन्।
प्रतिक्रिया
Facebook Comment