सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

डिसी नेपाल
५ वैशाख २०८२ १३:१५

सुर्खेत। बिहीबार राति जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोली चलाएको आरोप लगाएको छ। सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राति आमन्त्रित पाहुना फर्केने क्रम्मा गोली चलाएको आरोप लागेको हाे।

नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन। प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ। नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए।

स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगको टिम सशस्त्रको व्यारेकमा सहभागी रहेको थियो। भोजको कार्यक्रम पूरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ।

चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो विदाईमा पटका पड्काएको बताए। पटका र हतियार पडकाएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन्।

न्युज कारखानाबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *