माया इभेन्टले बेलायतमा गर्ने ‘लाफ्टर फर लाइफ’ कार्यक्रमको तयारी पूरा

डिसी नेपाल
५ वैशाख २०८२ १३:३८

काठमाडौं। बेलायतमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा लाफ्टर फर लाइफ कार्यक्रम आयोजना गर्ने भएको छ। २७ अप्रिलमा हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए।

खुशी जीवन यापनका लागि हांसो महत्वपुर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उदेश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डाक्टर रक्षा थापाले बताइन्।

महानायक राजेश हमालसँगै कमेडियन सन्दिप क्षेत्री र अतृप्त ब्याण्डका साथमा नविन के भट्टराईले प्रस्तुती दिने कार्यक्रममा उपस्थित हुन सम्पुर्णमा डाक्टर रक्षा थापाले आव्हान गरिन् । कार्यक्रममा हमालको उपस्थिति बिगतको भन्दा भव्य र पृथक हुने आयोजकले बताएको छ।

प्राय दुई-तीन डायलग र एक-दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतीका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन् । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेकोर कार्यक्रमलाई स्तरिय बनाउन साउण्ड, स्टेज, भिडियो प्रोजेक्सन र लाइट्स्मा विशेष ध्यान दिने बेलायतका स्थापित साउण्ड इन्जिनियर हेम बिष्टले बताए ।

१२ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘बेष्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ।

विष्टका अनुसार शुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिनेछन्। भिआइपी टिकटका लागि ५० पाउण्ड छ जसमा डिनर समेत व्यवस्था हुनेछ भने स्ट्याण्डर्ड टिकट २५ पाउण्ड र विद्यार्थीका लागि टिकट मूल्य १५ पाउण्ड निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *