सहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अघि बढाऔं : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
५ वैशाख २०८२ १७:१७

चितवन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा युलिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन्।

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए।

सडक बनेलगत्तै ढल, खानेपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड् छ।

‘खासकुरा सहरकोबीचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ। सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ,’ उनले भने, ‘जसले गर्दा जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ। यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणफजोड दिइरहेको बताए। व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे।

‘राम्रो काम होस् भन्ने जनताको चाहना छ। त्यसका लागि समय लाग्छ। धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ। डेलिभरी हुनुपर्‍यो भन्ने आम जनताको चाहना छ। डेलिभरी बिस्तारै हुँदैछ,’ उनले भने।

त्यस्तै उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए। जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे। उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *