आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई छलफलका लागि बोलाएका छन्। आन्दोलन जारी रहेको १७औं दिनमा आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले छलफलमा बोलाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले छलफलमा बोलाएसँगै शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी छलफलमा जुटेका छन्।
आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले जानकारी दिएकी छन्। प्रधानमन्त्रीले बोलाएको बैठकका कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिइने उनले बताइन्।
प्रतिक्रिया
Facebook Comment