जिप दुर्घटनामा परी सल्यानमा १६ जना घाइते

डिसी नेपाल
५ वैशाख २०८२ १८:५३

सल्यान । सल्यानमा शुक्रबार बेलुकी ५:३० बजे जिप दुर्घटना भएको छ। दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन्।

शारदा नगरपालिका-१ श्रीनगरबाट हिवल्चा जाँदै गरेको लु.प्र.०२–००१ ज ००११ नम्बरको जिप सिउनेटानजिकै दुर्घटनामा पर्दा चालकसहित १६ जना घाइते भएका हुन्।

घाइतेको उद्धार गरी जिल्लाको कान्तिपुर सामुदायिक अस्पताल र शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *