राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

डिसी नेपाल
६ वैशाख २०८२ ७:३१

काठमाडौं। राजर्षिजनक विश्वविद्यालय अन्तर्गत जनकपुरधामस्थित विश्वविद्यालय क्याम्पसको प्रशासकीय भवन निर्माणका लागि शुक्रबार एक विशेष समारोहबीच शिलान्यास सम्पन्न गरिएको छ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सरोज यादव थिए। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव, रजिष्ट्रार, अन्य पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले भवन निर्माणले विश्वविद्यालयको प्रशासनिक र शैक्षिक प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उपकुलपति डा. यादवले विश्वविद्यालयको पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा यो भवनले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

अन्य वक्ताहरूले प्रशासकीय भवनको निर्माणलाई क्याम्पसको दीर्घकालीन विकास र पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला भनेका छन्।

क्याम्पस प्रशासनले निर्माण कार्य शीघ्र सुरु हुने र निर्धारित समयसीमाभित्र सम्पन्न गरिने जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *