शिक्षक महासंघले बोलायो बैठक

डिसी नेपाल
६ वैशाख २०८२ १२:१५

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । सरकारसँग वार्तापछि आज महासंघले बैठक बोलाएको हो।

आज दिउसो ३:१५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य माविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ।

बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *