सरकार संकटमा परेको छैन : गृहमन्त्री लेखक

कास्की । गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य कुनै विषयले सरकार संकटमा नरहेको दाबी गरेका छन्।
प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री यस्तो बताएका हुन्।
‘भागबण्डाको कुरा छैन। योग्य मान्छेलाई नै छनोट गर्ने हो। यसका लागि सरकारले आवश्यक छलफल गरेर निर्णय गर्छ। गर्भनरका कुराले या अर्को कुनै कुराले सरकारमा संकट उत्पन्न भएको पनि छैन,’ उनले भने।
सरकार परिवर्तन हुने नभइ विपक्षी दलले अफवाह छ। संविधान संशोधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त समिति बनाउने विषयमा सहमति भइसकेको उनले बताए।
प्रतिक्रिया
Facebook Comment