मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर महिलाको मृत्यु भएको छ। युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो। दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक फरार छन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed