धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

डिसी नेपाल
७ वैशाख २०८२ ६:४९

धनगढी। फाप्ला किक्रेट मैदानमा जारी टीम इलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो।

सायलका अभिषेक कोइरालाले ३४ रन जोडे। बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २ र २ विकेट लगेका थिए।

एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो। धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कमजाेर रह्यो। सायलका किरन चन्दले ३ तथा अभिषेक काेइरालाले २ विकेट हात पारेका थिए।

प्रतियोगिता अन्तरगत आइतबार उत्तर त्रिशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *