हिमालयन बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन

डिसी नेपाल
७ वैशाख २०८२ ८:३९

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको यसैअवधिको भन्दा ७४.३३ प्रतिशतले थोरै हो । गत वर्ष बैंकले १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म यस बैंकले ७ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ८।०८ प्रतिशतले थोरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।

यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।

हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *