गभर्नर बन्न राजीनामा दिइसकेका भट्टविरुद्ध मुद्दा, न्यायाधीश फुयाँल र पाण्डेको इजालसमा आज पेशी

डिसी नेपाल
७ वैशाख २०८२ १२:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।

गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।

यद्यपी भट्टविरुद्धको पुरक निवेदन आजको पेशी सूचीको लगभग अन्तिममा छ त्यसैले यसमाथि सुनुवाइ हुने सम्भावना भने न्युन % ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *