ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

डिसी नेपाल
७ वैशाख २०८२ २०:०२

विराटनगर । मोरङको मिक्लाजुङमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै चार जना घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–९ आठसरेस्थित मधुमल्ला–उर्लाबारी सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेको हो।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भएर दिउँसो १२:३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–४ का अन्दाजी २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको हो।

दुर्घटनामा परेर ट्याक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय, निर्जल विक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन्। प्रहरीका अनुसार उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेका घाइतेको अवस्था सामान्य छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *