आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु

डिसी नेपाल
७ वैशाख २०८२ २०:३१

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर घर फर्किरहेका एक शिक्षकको सवारी दुर्घटनामा निधन भएको छ।

मनाङको नार्फु गाउँपालिका–८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको हो। शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंबाट घर फर्कने क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको हो।

आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान गुमाएका हुन्। नेपाल शिक्षक महासंघले आफ्ना सदस्य समेत रहेका घलेको निधनप्रति समवेदना व्यक्त गरेको छ।

डुम्रे–बेँसीसहर सडक खण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सोही दुर्घटनामा स्कुटर पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *