इजरायली सेनाले गाजामा आपतकालीन सेवाका १४ जना डाक्टरहरूको हत्याबारे के भन्यो ?

डिसी नेपाल
८ वैशाख २०८२ ११:२४

काठमाडौं । इजरायली सेनाले गत महिना गाजामा १४ जना आपतकालीन डाक्टरहरूको मृत्यु “झुक्किएको” कारण भएको बताएको छ।

यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेना (आइडीएफ) ले धेरै कमजोरीहरू फेला पारेको थियो।

सेनाले आफ्नो प्रतिवेदनमा भनेको छ – सम्बन्धित युनिटका उपकमाण्डरलाई “अनुसन्धानको क्रममा अपूर्ण र गलत रिपोर्ट दिएकोमा” बर्खास्त गरिएको छ।

गत महिना मार्च २३ मा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्सहरूमाथि इजरायली सेनाले गोली चलाएको थियो। यो समूहमा संयुक्त राष्ट्र संघको कार र दमकल पनि समावेश थिए ।

यस घटनामा १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र संघका कर्मचारीको मृत्यु भएको थियो।

इजरायलले पहिले यी गाडीहरू अँध्यारोमा हेडलाइट वा फ्ल्यास बिना “शंकास्पद रूपमा” अगाडि बढिरहेको त्यसैले इजरायली सेनाले त्यसमाथि गोली चलाएको दाबी गरेको थियो।

यी सवारी साधनहरूको आवतजावतको बारेमा सेनालाई पहिले जानकारी दिइएको थिएन वा यसका लागि सेनासँग कुनै सम्झौता भएको थिएन भनिएको थियो।

केही दिन पछि इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपतकालीन सेवाकर्मीहरूको हत्यामा आफ्ना सैनिकहरूले गल्ती गरेको स्वीकार गर्‍यो।

घटनाको पूर्ण विवरण मृतक प्यारामेडिक्समध्ये एकको मोबाइल फोनमा रेकर्ड गरिएको भिडियो फुटेजबाट खुलाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *