सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ९१ हजार पुग्यो

डिसी नेपाल
८ वैशाख २०८२ ११:३९

काठमाडौं। सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *