सप्तकोशीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

डिसी नेपाल
८ वैशाख २०८२ १२:००

काठमाडाैं। बैशाख ८ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका-४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य बैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको बताइएको छ।

घटनापछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतरा बाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको हो । गोताखोर सहितको टोली घटनास्थल पुगेर खोजीकार्य शुरु गरेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *