‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
९ वैशाख २०८२ ८:४७

काठमाडौ । ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन रहेकोले लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले १० करोड इकाई बिक्री खुला गरेको हो ।

यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ भने प्रतिइकाई १० रुपैयाँको दरले उक्त फन्ड गरेको छ । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो बन्दमुखी योजना हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *