होमल्याण्ड सेक्युरिटी विभाग, अमेरिकाकी सचिव क्रिस्टीको ब्याग चोरी

वासिंगटन डिसी। अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोएमको ह्यान्डब्याग एक रेस्टुरेन्टबाट चोरी भएको छ ।
उनको झोलामा सेक्युरिटी ब्याज र ३००० अमेरिकन डलर नगदसमेत रहेको थियो। यसबाहेक, ह्यान्डब्यागमा उनको ड्राइभिङ लाइसेन्स, औषधि, अपार्टमेन्टको चाबी र खाली चेक पनि रहेको थियो, जुन उनको चोरी भएको हो ।
होमल्याण्ड विभागले नोएमको सम्पूर्ण परिवार इस्टरको अवसरमा उनीसँगै रहेको बताएको छ। उनले आफ्नो परिवारसँग डिनर गर्न र उपहारहरू किन्न नगद प्रयोग गर्न लगेकी थिइन्।
युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी एक संघीय कार्यकारी कार्यालय हो। यसको मुख्य उद्देश्य अमेरिकालाई आतंकवाद र अन्य खतराहरूबाट सुरक्षित राख्नु हो। यसले सीमा नियन्त्रण, अध्यागमन, आतंकवाद र साइबर सुरक्षा जस्ता जिम्मेवारीहरू हेर्ने गर्दछ ।
Facebook Comment