टोटनहम घरेलु मैदानमा नै पराजित

काठमाडौं। टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो ।
टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले मात्र एक गोल फर्काउन सफल भए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो भने अपराजित हारको रेकर्ड तोडन जीतका लागि पर्याप्त भएन ।
नटिङमले लगातार दोस्रो हारपछि जित निकालेको हो भने टोटनहमको पछिल्ला पाँच खेलमा यो चौथो पराजय हो ।
जितसँगै ३३ खेलमा ६० अंक जोडेको नटिङघम तेस्रो स्थानमा उक्लिएको छ भने पराजित टोटनहम समान खेलबाट ३७ अंकका साथ १७औं स्थानमा रहेको छ ।
Facebook Comment