गुणाकर भट्टविरुद्धको रिट पौडेल र ढकालको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा परेको छ।
अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएर भट्टलाई विपक्षी बनाएका छन्।
कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाइएको हो।
आइतबार ३७औं नम्बरमा, सोमबार १३औं नम्बरमा परेर ‘हेर्न नभ्याइने’मा परेको उक्त मुद्दा मंगलबार १७औं नम्बरमा छ।
प्रतिक्रिया
Facebook Comment