वर्षायाममा मेलम्चीको खानेपानी बन्द हुँदैन : मन्त्री यादव

डिसी नेपाल
९ वैशाख २०८२ १६:३७

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यसवर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन्।

वर्षायाममा मेलम्ची खोलाबाट नभइ नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए। त्यस्तै उनले शिवपुरी लगाएतका स्रोतबाट व्यवस्थापन गरेर भए पनि उपत्यकाबासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे।

मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाच्ने प्रविधि नेपालमा नहुदा समस्या भएको बताए। पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउँदा सिमामा नै रोकिएको उनले गुनासो गरे। मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिसत लगानी राज्यले गर्ने उल्लेख गरे।

उनले देशका सबै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने मन्त्रालयको लक्ष्य भए पनि बजेटका कारण केहि समस्या आएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *