१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख तिराइयो

डिसी नेपाल
९ वैशाख २०८२ १७:०८

काठमाडौं । संसारमा केही देशहरू छन् जहाँ भ्रष्टाचारको लागि शून्य सहनशीलता छ। जापान ती देशहरू मध्ये एक हो जहाँ थोरै मात्र भ्रष्टाचारले पनि तपाईंको जीवनभरको बचत गुम्न सक्छ।

हालै जापानमा यस्तो एउटा घटना भयो जुन सिस्टममा भ्रष्टाचार गर्ने लागि उदाहरण बन्यो। एएफपी समाचार एजेन्सीको रिपोर्ट अनुसार जापानको क्योटो शहरका एक बस चालकले १ हजार जापानी येन (९७० नेपाली रूपैयाँ) घोटाला गरेको आरोप लागेपछि आफ्नो १ करोड २० लाख जापानी येन (१ करोड १६ लाख नेपाली रूपैयाँ) पेन्सन गुमाए।

रिपोर्टका अनुसार यी बस चालकले २९ वर्षसम्म इमान्दारीपूर्वक सेवा गरेका थिए तर एउटा घटनाका कारण उनले आफ्नो जीवनभरको पेन्सन गुमाउनु पर्यो। उनले सन् १९९३ देखि बस चालकको रूपमा काम गरिरहेका थिए ।

काद सुरु गरेको २९ वर्षपछि २०२२ मा यी ५८ वर्षीय चालकले यात्रुबाट प्राप्त गरेको १ हजार येन भाडा मेसिनमा नभई आफ्नै खल्तीमा हाल्दै गरेको बसमा जडान गरेको क्यामेरामा रेकर्ड भएको थियो । त्यतिबेला बसमा ५ जना यात्रु थिए र उनीहरूले कुल १,१५० येन भाडा तिरेका थिए।

घटनाको अनुसन्धान गर्दा चालकले सुरुमा घोटाला गरेको अस्वीकार गरे तर भिडियो फुटेजले सत्य खुलासा गर्‍यो। चालकलाई जागिरबाट निकालियो र २९ वर्षको सेवा अवधिको पेन्सन रोकियो। उनले यस निर्णय विरुद्ध मुद्दा दायर गरेका थिए । तल्लो अदालतले उनको पक्षमा फैसला सुनायो र उनलाई दिइएको सजायलाई अत्यधिक भन्यो।

तर जापानको सर्वोच्च अदालतले यो निर्णयलाई उल्ट्यायो र क्योटो शहरको निर्णयलाई पुनर्स्थापित गर्‍यो। अदालतले भन्यो – ‘यस्ता कार्यहरूले सार्वजनिक सेवाहरूको कार्यप्रणालीलाई असर गर्छ।’ यद्यपि, यो समाचारलाई लिएर सामाजिक सञ्जालमा फरक-फरक विचारहरू देखा परिरहेका छन्।

कतिपयले भनेका छन् -‘उनले गरेको भ्ष्टाचार उनले पाएको सजाय जत्तिको ठूलो होइन। अदालतले उनले २९ वर्ष इमान्दारीपूर्वक सेवा गरेको पनि हेर्नुपर्ने थियो ।’ अर्काथरीले भनेका छन् ‘यो विषयलाई सानो वा ठूलो रूपमा हेर्नु हुँदैन। यो त भ्रष्टाचारको सुरुवात मात्र हो। यो सुरुदेखि नै रोकिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *