विष सेवनबाट तीन छोरा–छोरीको मृत्यु

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-५ बासुदेवपट्टी विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ।
सुशिल साहका ६ वर्षीय छोरा आदित्य साह तथा छोरीद्वय ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो। विष सेवनबाट सुशिलकी ३० वर्षीया श्रीमती पविता साह सिकिस्त छन्।
उनीहरू सोमबार साँझ ६:४० बजे आमा र तीनै छोरा–छोरी विष सेवन गरी घरमै बेहोस भएको अवस्थामा फेला परेका थिए। आमा पविताको उपचार जारी रहेको प्रहरीको भनाइ छ।
आमाले नै छोरा–छोरीलाई विष खुवाएको र आफैं पनि विष खाएर आत्महत्या गर्न खोजेको प्रहरीको अनुमान छ।
प्रतिक्रिया
Facebook Comment