डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डिसी नेपाल
१० वैशाख २०८२ ८:०४

दिपायल (डोटी)।भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *