जम्मु-काश्मिरमा आतंकवादी हमलामा मारिने नेपाली बुटबलका सुदीप न्यौपाने, आमा पनि घाइते

काठमाडौं। जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुँदा एकजना नेपाली सुदीप न्यौपाने पनि भएको खुलेको हो।
परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतंककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन्।
‘सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, परराष्ट्र मन्त्री राणाले भनेकी छिन्।
साथै, सो आतंककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन्। ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले लेखेकी छिन्, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ।’
उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ।
Facebook Comment