प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा खतिवडा

काठमाडौं। नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित भएका छन्। काठमाडौंमा बुधवार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरेलाई चयन गरेको छ।
यस्तै महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याललाई चयन गरेको सम्मेलनले सचिवमा सात प्रदेशबाट एकएक जनाको दरले सचिव चयन गरेको छ।
जसअनुसार कोशीबाट होमबहादुर बस्नेत, मधेशबाट किशोर साह, बागमतीबाट छबि बराल, गण्डकीबाट श्रीकान्त खतिवडा, लुम्बिनीबाट भुवनेश्वर लामिछाने, कर्णालीबाट विष्णुकुमार खड्का र सुदुरपश्चिमबाट कृष्णसिंह साउद रहेका छन्।
यस्तै कोषाध्यक्षमा कृष्ण ओझा, सहकोषाध्यक्षमा चन्द्र बदना राई, लेखा आयोग अध्यक्षमा बिदुर नेपाल र सचिवमा केपी अर्याललाई चयन गरेको छ। यसैगरी अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाई र सचिवमा मिनप्रसाद अधिकारीलाई चयन गरेको छ।
Facebook Comment