कविता : मन

ईश्वर पोखरेल
१३ वैशाख २०८२ ७:३२

फेसबुक डिएक्टिभ गर्नु
म्यासेन्जर पनि
स्ट्राग्राम पनि
ट्वीटर पनि
टिकटक पनि
टेलेग्राम पनि
इमेल पनि डिएक्टिभ गर्नु पर्छ

फोन नबोकेपछि कुरै सकियो
रेडियो पनि नबोक्नु
नागरिकता पनि नबोक्नु
ड्राइभिङ लाइसेन्स पनि नबोक्नु
पेशागत संस्थाका परिचयपत्र पनि नबोक्नु
लेख्न मन लाग्ला
लेख्दा नेपालीमा लेखिएला
राष्ट्रियता खुल्न सक्छ
कलम पनि नबोक्नु
जात, धर्म र लिङ पनि नबोक्नु

यी सबैसँग सम्बन्धविच्छेद गरेर
एक यस्तो ठाउँमा जान मन छ
जहाँ पुगेपछि
नसुनियोस्-उट्पट्याङ र अड्बाङ्गे भाषण
नदेखियोस्- उन्मादी नेपाली नेताहरूको अनुहार
र, तिमीसंग बितून्- केही विषादीरहित दिनहरू

ठाउँ बुझी राख
मनमा नक्सा बनाई राख
हामी त्यही जानु पर्छ
र, पछि फर्किऔंला
कम्तीमा यी कहिल्यै वयस्क नहुने
बुढा नेताहरूले आफूलाई ‘बुढो’नठानुन्जेल
हामी त्यतै बस्नु पर्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *