रविन्द्र मिश्रसहितका आरोपीहरूलाई तेस्रोपटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाका आरोपीहरूलाई आज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र,सांसद धवल शमशेर राणालगायतलाई यसअघि थप गरिएको म्याद सकिएपछि आज पुनः म्याद थपको माग गर्दै जिल्ला अदालत काठमाडौंमा पेश गर्न लागिएको हो ।
उनीहरूलाई चैत्र १५ गते साँझ पक्राउ गरिएको थियो । तीनकुने घटनासँग जोडेर प्रहरीले मिश्र, धवल शमशेर लगायत २० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई यसअघि दुईपटक म्याद थप भइसकेको छ। पहिलो पटक ५ दिन र दोस्रो पटक १५ दिनको म्याद थप भएको थियो।
आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेकाविरुद्ध भने दोस्रो पटक २० दिनको म्याद थप गरिएकोले उनीहरूलाई आज अदालत पेश गर्नुपर्ने छैन । धवल शमशेर भने थुनामा रहने छैनन् । स्वास्थ्यका कारण राणा आइतबार थुनामुक्त भइसकेका छन्।
Facebook Comment