१९ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
१० वैशाख २०८२ १४:३६

मोरङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *