रिटायर्ड आइजीपी दुर्लभ कुमार थापाको निधन

डिसी नेपाल
१० वैशाख २०८२ १५:२६

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । थापाको ९७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

थापाको निधनमा प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त अधिकारीहरूले श्रद्धाञ्जलीसहित शोक व्यक्त गरेका छन् ।

थापा २०३५ साल साउनदेखि २०३९ जेठसम्म थापा प्रहरी महानिरीक्षक थिए । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *