तीनकुने घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारको १०/१० लाख राहत

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
राजाबादी समूहको प्रदर्शन उग्र बन्दा दुई जनाले ज्यान गुमाएका थिए।
प्रतिक्रिया
Facebook Comment