आज आइपीएलमा कश्मीर आतंकवादी आक्रमणको शोक मनाइने

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २ दर्जनभन्दा धेरै पर्यटक मारिएका छन् । मारिनेमा एक नेपाली युवा पनि परेका छन् । उनकी आमा घाइते अवस्थामा अस्पतालमा छिन् ।
इण्डियन प्रिमियर लिग (आइपीएल)मा यो दुखद घटनाको शोक मनाइनेछ । बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल खेलमा सबै खेलाडी र अम्पायरहरू कालो पट्टी लगाएर मैदान प्रवेश गर्नेछन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली अर्पण गर्न यो निर्णय गरेको हो।
यति मात्र होइन, यस खेलको समयमा मैदानमा कुनै पनि प्रकारको उत्सव मनाइने छैन। खेल शान्तिपूर्ण रूपमा खेलिनेछ। पटाका र आतिशबाजी पड्काइने छैन । चियरलीडरहरूद्वारा कुनै नृत्य पनि हुनेछैन । आतंकवादी हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न खेल अघि एक मिनेट मौन धारण पनि गरिनेछ।
Facebook Comment